• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय सुचना प्रविधि

सामसुङ कम्पनीका कार्यबाहक प्रमुखलाई ५ वर्षको जेल सजाय

img

एजेन्सी, सामसुङ कम्पनीका कार्यबाहक प्रमुख ली जेइ–यङलाई दक्षिण कोरियाली अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ ।

घुस खुवाएको ठहर गर्दै कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र छोरा ली जेइ(यङलाई शुक्रबार यो सजाय सुनाइएको हो ।
सोल जिल्ला अदालतले लीले पूर्वराष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको ठहर गरेको हो ।

सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप लागेको थियो । अदालतले लीले ५० लाख डलर अनियमितता गरेको ठहर गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी अभियोजनकर्ताहरुले लीलाई १२ वर्ष जेल सजाय हुनुपर्ने माग गरेका थिए । लीले आफूले पैसा दिएको स्वीकार गरिसकेका छन् तर त्यसको बदलामा सरकारी लाभ खोजेको आरोप अस्वीकार गर्दै आएका छन् ।

अदालतले सामसुङका अरु दुईजना कार्यकारीलाई चार वर्षको जेल सजाय सुनाएको छ ।

यही घुसकाण्डलाई लिएर पूर्व राष्ट्रपति हेमाथि महाभियोग लगाइएको थियो ।

img

Share:
Tags