• img
  • img
img img img
Categories
विजनेश सुचना प्रविधि

एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसियाली साटासाट गर्न ‘एनसेल मेला २०७४’

img

काठमाडौं– विराटनगरको हाटखोलामा एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसियाली साटासाट गर्न ‘एनसेल मेला २०७४’ गर्ने भएको छ ।
गतसाता पोखरामा भव्य रूपमा आयोजना पश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो । पोखरेली दर्शक र पर्यटकको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । शनिबार हुने मेलामा दर्शकले मनोरञ्जन लिन सक्नेछन् ।  मेलामा विभिन्न खेल लगायत सबै मनोरञ्जनात्मक गतिविधी ‘फोरजी थिम’मा आधारित हुनेछन् । दर्शकले चर्चित गायक तथा सांगीतिक समुहको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन् ।

मेलामा कलाकारहरू शिव परियार, आशिष राना (लाउरे), सांगीतिक समुहमा कबवेभ र द एजले आफ्नो प्रस्तुति राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिजका विजेता समन श्रेष्ठ र फस्ट रनर अप अनिमेश शाही पनि मेलामा सहभागी रहनेछन् । त्यसैगरी स–सानाबालबालिकाको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ पनि आयोजना गरिनेछ ।
आगन्तुकले मेलामा एनसेलको फोरजी सेवाको बारेमा जानकारी लिनुका साथै विशेष एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकले मेलामा नै आवश्यक कागजात बुझाइ फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

मेलामा जादु, किडस् जोन र फुड स्टल पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्य आकर्षणमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्स पनि रहनेछन् । पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सले दर्शक तथा आगन्तुकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ ।

एनसेलका अनुसार, आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै सन् २०१७ को बिदाई र नयाँवर्ष २०१८ को स्वागत गर्नका लागि एनसेल मेला उपयुक्त कार्यक्रम हुने छ । पोखराबाट सुरु भएको यो मेला पुस २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगर र २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।

img

Share:
Tags