• img
  • img
img img img
Categories
खेलकुद

सन्दिपले केन्याको ५ विकेट,

img

नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन टूमा नेपाली युवा बलर सन्दिप लामिछाने राम्रैसित चम्केका छन् ।

 

प्रतियोगिताका चार खेलमा उनले अहिलेसम्म १४ विकेट लिइसके । केन्याविरुद्धको पछिल्लो खेलमा सन्दिपले घातक बलिङ गरेका थिए । १० ओभर बलिङ गर्दै ५ मेडनका साथ २० रन दिएर ५ विकेट चट्काए ।

हालै मात्र इन्डियन प्रिमियर लिगको टिम दिल्ली डेयरडेभिल्समा लागि छनोट भएका स्पिनरमा गजबको आत्मविश्वास देखिएको छ ।

म्याचको लाइभ कभरेजको अभावमा नेपालीहरुले उनको बलिङ हेर्न पाएनन् । यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलले सो खेलमा सन्दिपको बलिङको केही झलक सार्वजनिक गरेको छ । ओपनिङ ब्याट्सम्यान ओबान्दा नेपाली बलरहरुमाथि हावी भइरहेका थिए । एक घन्टादेखि क्रिज ओगटेका उनले पाँच चौकाका साथ ४१ बनाएको अवस्थामा सन्दिपले बोल्ड गरिदिए ।

ओबान्दा आउट भएपछि केन्या आफ्नो लय गुमाउन चाहँदैनथ्यो । तर, सन्दिपको विचार अर्कै थियो । उनले १८ औं ओभरको चौंथो बलमा कन्डारियाको विकेट चट्काए ।३३ औं ओभरको पहिलो बलमा उनले आरआर पटेललाई कप्तान पारस खड्काको हातबाट क्याचआउट गराए ।

लगत्तै अर्को बलमा आरएन पटेलको पालो आयो । सन्दिपको स्पिन उनले मूल्यांकन गर्न सकेनन् र एलबीडब्लू धरापमा परे । यतिबेला सन्दिप अन ह्याट्रिक थिए । यद्यपि उनले अर्को बलमा ह्याट्रिक मिस गरे ।आफ्नो अन्तिम बलमा पनि सन्दिपले अल्छि मानेनन् । ओडियाम्बोलाई उनले ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए र आफ्नो पाँच विकेट पुरा गरे ।

 

 

img

Share:
Tags