• img
  • img
img img img
Categories
खेलकुद समाचार

कंकालिनी क्रिकेट टिम भारदह ए विजाय

img

भुपदेव माली, भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ स्थित वि.पि.मा.वि भारदहको मैदानमा शुरु भएको क्रिकेट प्रतियोगितामा बरमझीया, भारदह ए , भण्टवारी, योगिनिया, पोर्ताहा, मधुवापुर, भारदह बी, हनुमाननगर, इनरुवा लगाइत सहभागी खेलमा भारदह ए र भारदह वी फाईनलमा आफनो स्थान पक्का गरेको थिए ।


प्रतियोगिता अन्र्तगत आज सम्पन्न अन्तिम खेलमा भारदह ए ले टसजिती पहिलो ब्याटिंगको लागि ब्याटिंग गर्न ओर्लेको भारदह ए निर्धारित २० ओभरको खेलमा सम्र्पूण बिकेटको नोक्सानीमा १ सय ७१ रनमै समेटिएको थियो । भारदह ए लाई सस्तोमा समेटन भारदह बी का तर्फबाट राजेश मण्डलले ४ बिकेट, चन्द्रप्रताप र अमितले सामान २ बिकेट तथा चन्दन र अशोकले सामान १ बिकेट लिएका थिए ।

१ सय ७२रनको लक्ष्य लिई मैदानमा ओर्लेको भारदह बी ले १५ ओभर ३ बलमा उक्त लक्ष्य पुरा गर्ने नसकि सम्पूर्ण बिकेट गुमाएका थिए । भारदह बी का लागि रोशन अधिकारीले ३४ र कुन्दन मण्डलले ३२ रन ,दिपकले २४ तथा सत्यनटआउट रहि ० रनको योगदान दिएका थिए । बलिंग तर्फ छोटु मण्डलले ५ तथा विजाय मण्डल ४ र निकुले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच कुन्दन मण्डल र अलराउण्ड प्रर्दशनमा राजेशमण्डललाई घोषित गरिएको थियो ।

संचालित उक्त प्रतियोगितामा भारदह ए लाई प्रथम पुरस्कार रु.१००००/– नगद र दोस्रो पुरस्कार रु. ५०००/– भारदह बी लाई प्रदान गरिएका थिए । उत्त पुरस्कार भारदह युथ क्लवका अध्यक्ष शंकर खडगा तथा निलेश झा को हाथ वाट प्रदान गरिएका थिए ।

img

Share:
Tags