• img
  • img
img img img
Categories
प्रदेश समाचार विजनेश समाचार

सप्तरीको औद्योगिक क्षेत्र डुबानमा

img

राजविराज । शनिबार साँझदेखि सुरु भएको वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ। आइतबारसम्मको लगातार वर्षापछि पानीले निकास नपाउँदा रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्र डुबानमा परेको हो। डुवानका कारण लाखौंको कच्चा पदार्थ र मेसिनमा क्षति भएको छ।

पानीले महालक्ष्मी र कोसी पोलिमर्स प्लास्टिक उद्योगमा करिब १५ लाखको कच्चा पदार्थ नष्ट भएको छ भने मेसिनहरुमा क्षति पुगेको र कृष्णा खाद्य उद्योगको गोदाममा वर्षाको पानी पसेर २ लाखभन्दा बढीको चामल र उपकरण नष्ट भएको औद्योगिक क्षेत्रका प्रमुख दिपक आचार्यले बताए।

यसैगरी, मिलन डेरी उद्योगमा १ लाख मूल्य बराबरको कच्चा पदार्थ नष्ट हुनुका साथै गोदामको गारोमा क्षति पुगेको उनले जानकारी दिए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहितको सुरक्षा टोलीले आइतबार औद्योगिक क्षेत्रको निरीक्षण गरेको छ। प्रजिअ पौडेलले वर्षाका कारण हुन सक्ने थप सम्भावित क्षति रोक्न तत्काल पहल गर्ने बताए।

img

Share: