• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय विजनेश समाचार

पसल सञ्चालनका लागि कडा कानुनी व्यवस्था

img

सप्तरी । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले अखाद्य पदार्थ बिक्रीवितरण गर्नेलाई कडा कानुनी व्यवस्था गरेको हो ।

ऐनको दफा १०८ मा झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हुँदैन भनिएको छ ।

यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।

यस्तै दफा १ सय ९ मा खाद्य पदार्थ बाहेक अन्य कम गुणस्तरकोलाई बस्तु तथा सामाग्रीलाई असल भनेर झुक्याएर बिक्री–वितरण कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसअघिको कानुन फितलो हुँदा गुणस्तरहीन खाद्य पदार्थ तथा अन्य सामग्री बिक्री गर्नेहरुले सजिलै उन्मुक्ति पाउने गरेपछि पसल सञ्चालनका लागि कडा कानुनी व्यवस्था गरिएको हो ।

img

Share: