• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

२ दिने लघुवित्त व्यवस्थापन तालिम सम्पन्न

img

इटहरी । आरएमडीसी शाखा कार्यालय, इटहरीको आयोजनामा लघुवित्त ब्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न गरेका छन ।
गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा संचालन गरेका तालिममा २३ वटा लघुबित्त बित्तीय संस्था, बित्तीय कारोबार संचालन गर्न इजाजत प्राप्त गैंर सरकारी संस्था र लघुबित्त कारोबार गर्ने सहकारी संस्थाहरुको ३६जना प्रतिनिधीले लाई सहभागी गराएका थिए ।

तालिमको उद्घाटन सत्रमा कार्यक्रम संयोजक श्री गोविन्द प्रसाद पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पार्नु भएको थियोे । उहाँलेग्राहक सन्तुष्टीलाई केन्द्रमा राख्दै लघुवित्तको मर्म अनुसार लघुवित्त कार्यक्र्रम अगाडी लैजानु फिल्ड स्तरका कर्मचारीहरुको ठुलो महत्व हुने हुनाले यस तालिमले सो वारे महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनुभएको थियो ।

उक्त तालिममा स्वालम्बन लघुबित्त बित्तीय संस्था लि. का Deputy Divisional Manager  श्री महेन्द्र बनले प्रशिक्षण कर्ताका रुपमा प्रशिक्षण दिनु भएको थियोे । तालिमको लघुवित्तको सिद्धान्त, महत्व, भाखा नाघेको ऋण तथा हालको अवस्था बारेमा प्रष्ट पार्नुको साथै लघुवित्त संस्थालाई आत्मनिर्भरता र दिगोपन बनाई राख्न अवश्यक पर्ने विभिन्न सुचकहरुको बारेमा छलफल गर्नु भएका थियो । साथै उक्त तालिममा लघुवित्त संचालनमा हाल देखिएका समस्या, समाधानका उपायहरु, फिल्ड कर्मचारीमा हुनु पर्ने गुणहरु, काम, कर्तब्य, जिम्मेवारी, सदस्यको ब्यवस्थापन, सुरक्षण तथा बिकाश तथा कर्जा ब्यवस्थापन, विश्लेषण र सदुपयोगिताबारे विश्लेषणत्मक अन्तरक्रिया गराउनु भएका थिए ।

उक्त तालिमको समापन्न आरएमडीसी ईटहरी शाखाका शाखाप्रन्धक÷कार्यक्रमका संयोजक श्री गोबिन्द प्रसाद पौडेलले गर्नु भएका थिए । उहाँले सहभागीहरुबाट तालिमको उपलब्धीबारे जानकारी लिदै लघुवित्त सामाजिक व्यवसाय भएकोले सदस्यहरुको सामाजिक तथा आर्थिक उत्थान हुनेगरी संचालित लघुवित्त दिगो हुनेमा जोड दिनुभएका थियो । साथै तालिम सफलतापुर्वक सम्पन्न भएकोमा सहयोग पु¥याउनु हुने प्रशिक्षक, आयोजक तथा सहभागिहरु लाई धन्यबाद दिदै कार्यक्र्रम समापन्न गर्नुभएका थिए ।

img

Share: