• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

ग्याङ् फाइटमा परेका प्रेम यादवको मृत्यु, आफन्त तथा गाउँलेहरु मिलेर प्रदर्शन

img

सप्तरी । सप्तरीको राजविराज नगरपालिका वडा नं. १ झलीह निवासी भन्नालाल यादवका २१ बर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी हत्या भएको हो ।

दुई समूहबीच भएको ‘ग्याङ् फाइट’ का क्रममा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं–१ मा स्थानीय युवकहरुबीच झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार बिहान गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि रडको खन्तीले प्रहार गरिएको थियो । रक्ताम्य भएका उनलाई तत्कालै उपचारका लागि विराटनगर लगिएपनि बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको छ ।

मृतकका पारिवारिक श्रोतका अनुसार १०/१२ जनाको समूहले प्रेममाथि एक्कासी आक्रमण गरेका हुन् । आक्रमणमा परेका उनलाई तत्कालै न्यूरो होस्पिटल विराटनगर लगेपछि टाउकोमा ५२ वटा टाँका लगाई उपचार थालिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

मृतकका परिवार, आफन्त तथा गाउँलेहरु मिलेर बिहीबार राजविराजमा प्रदर्शन गरेका छन् । प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अबिलम्ब पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिएको छ । राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको छ । प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमा समेत गराइएको छ ।

img

Share: