• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत र समर्थन

img

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।

१ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्माले थारु आईकन फाईनल कार्यक्रमका अवसरमा यस्तो घोषणा गरेका हुन् ।

‘हिन्दी फिल्मका चर्चित नायक नायिका भन्दा कम छैनन् थारु युवा युवतीहरु’ प्रतिष्प्रधिहरुप्रति लक्षित गर्दै डा.शर्माले भने ‘देशभरका गाउँ–गाउँमा ओझेल परेका यस्ता प्रतिभालाई उजागर गर्ने काममा सहयोग गर्न तयार छु ।’

img

Share: