• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

सप्तरीको इनरुवामा बस दुर्घटना, ५ जनाको मृत्यु , ३ दर्जनभन्दा बढी यात्रु घाइते

img

हनुमाननगर । सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१० इनरुवामा तिर्थयात्री बोकेको वस शुक्रवार राती राती आठ बजेको समयमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

डाकनेश्वरी नगरपालिका वडा नम्वर ११ की वेचनीदेवी यादव, ६५ वर्षिय ठकनीदेवी यादव र ७० वर्षिया सिकिलदेवी साहको पहिचान खुलेको छ । अन्य मृतक २ जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा ३ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक छ ।


अधिकांश यात्रु डाक्नेश्वरी नगरपालिकाकै रहेको डिएसपी भावेश रिमालले जानकारी दिएका छन् । घाइतेलाई जेसिवीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासिन्दाको सहयोगमा उद्वार गरेका छन । दुर्घटनामा घाइते भएका अधिकांश डाकनेश्वरी नगरपालिकाकाको औरही, भूतही र लबका टोलका नै रहेका छन् । गम्भिर घाईते भएका आधा दर्जन यात्रुलाई उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ भने अन्य यात्रुको राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल, भारदह अस्पताल र हनुमानगर स्थित स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका करिव ६० जना यात्रु वोकेको को १ ख २७९९ नम्बरको छिन्नमस्ता माँ भगवती ट्राभल्स नामक बस सडक छेउमा रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनाको कारण आधिकारिक रुपमा नखुले पनि पछाडिबाट मालबाहक ट्रकले ठक्कर हानेपछि बस सडक छेउकै पोखरीमा खसेको स्थानीयले जनाएका छन् ।

img

Share: