• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

दुर्घटनामा मृतक भएका का परिवारलाई प्रदेश सरकार र स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराए

img

राजविराज। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नंं.–१०मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको काजक्रियाका लागि स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराएको छन ।

डाक्नेश्वरी नगरपालिका कार्यालयले मृतकका परिवारलाई २५ हजारका दरले क्रिया खर्च उपलब्ध गराएको छ । मृत्यु भएका पाँचै जना डाक्नेश्वरी नगरपालिकाका हुन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृतकको शव लिन आएका परिवारजनलाई मेयर शिबनारायण साहले सहयोग रकम उपलब्ध गराए ।

शुक्रबार राति राजविराज–भारदह सडक खण्डस्थित इनरुवा स्थित पोखरीमा खसेर बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो ।

करिब चार दर्जन घाइते भएका थिए । सुनसरीको बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किने यात्रुहरु सबार रहेको को १ ख २७९९ नम्बरको बस पल्टिएको थियो ।

Nepal Live

मृतकका परिवारलाई जनही एक लाख दिने प्रदेश सरकारको घोषणा

तीर्थयात्रामा गएर फर्किदा बस दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई प्रदेश २ सरकारले प्रति परिवार एक–एक लाख राहत उपलब्ध गराउने भएको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले शनिबार राहतको घोषणा गरेका हुन्। मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको अवस्था बुझ्न सप्तरीको डाकनेश्वरी नगरपालिका पुगेका यादवले सरकारका तर्फबाट मृतक परिवारलाई राहत स्वरुप एक एक लाख रुपैयाँ लाख रुपैँया दिने बताएका थिए।

यसका साथै घाइतेको उपचार खर्च पनि प्रदेश सरकारले व्यर्होने मन्त्री यादवले घोषणा गरेका छन्।

img

Share: