• img
  • img
img img img
Categories
खेलकुद समाचार

प्रदेशस्तरीय “१९ हिरो कप” लहानलाई हराउदै सर्लाही फाईनलमा प्रवेश

img

राजकुमार पासवान ,कञ्चनपुर । हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा सप्तरीमा जारी प्रदेशस्तरिय “१९ हिरो कप” फुटवल प्रतियोगिता अन्र्तगत शुक्रवारको खेलमा लहानलाई हराउदै सर्लाही ११ फाईनलमा प्रवेश गरेको छ ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हापमा सर्लाही जर्सी नं.१६ का भरत चौधरीले १० औंं मिनेटमा गोल गरिएको थियो भने २९ औं मिनेटमा सोही जर्सी नं.१६ का चौधरीले अर्को गोल गरी विजय हासिलगरिएका छन् ।


दोश्रो हापमा २५ औं मिनटमा लहान ११ जर्सी नं. ७ का सिद्धात हमाल ठकुरीले एक गोल मात्र गरिएको थियो । एकदमै प्रतिष्पर्धा रहेको खेलमा २/१ गोल अन्तरले सर्लाही ११ टिम विय भउका छन् ।
सर्लाही ११ जर्सी नं. १६ का भरत चौधरी म्यानअपदि म्याच भएका छन् ।हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा प्रदान गरिएका म्यानअपदि म्याच शिल्ड सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरका अध्यक्ष अनोज यादवले हस्तातरण गरिएको छ । भने म्यानअपदि म्याच घोषित चौधरीलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया सहयोग गरिएको छ ।


प्रतियोगिता अन्तरगर्त शनिवारको दोश्रो सेमीफाईनल खेल केही प्राविधिक कारणले स्थगित गरि सो खेललाई आईतवार निर्धारित समयमामहोतरी ११ र पर्सा ११ बीच खेल हुनेहिरोज स्पोटिङ क्लब बरमझियाका अध्यक्ष विजय चौधरी जनाएका छन् ।
प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित एक लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको अवलोकित दैनिक मिडिया पार्टनरको भुमिका निभाइरहेका छन ।

img

Share:
Tags