• img
  • img
img img img
Categories
खेलकुद समाचार

महोतरीलाई हराउदै पर्सा ११ फाईनलमा प्रवेश

img

कञ्चनपुर । हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा आयोजित प्रदेशस्तरिय “१९ हिरो कप” फुटवल प्रतियोगिता अन्र्तगत आईतवारको दोश्रो सेमीफाईनल खेलमा पर्सा ११ फाईनलमा प्रवेश गरेको छ ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हापमा पर्साका जर्सी नं.१७ का खेलाडी विपिन कडेलले १७ औंं मिनेटमा पहिलो गोल गरिएको थियो भने पर्सा टिमकै जर्सी नं.१४का खेलाडी कृष्णकान्त चौधरीले २० औं मिनेटमा गोल गरियो भने फरी सो टिमका ३३ औं मिनेटमा खेलाडी कृष्णकान्त चौधरीले तेश्रो गोल गरी विजय हासिल गरिएका छन् ।


दोश्रो हापमा पर्साका जर्सी नं.७ का खेलाडी अष्मित चौधरीले ४ औं मिनटमा गोल गरे लगतै पर्सा ११ का जर्सी नं.१४ का खेलाडी कृष्णकान्त चौधरीले ५ औं मिनटमा अर्को गोल गर्न सफल भएको थियो । खेलको ३९ औं मिनेटमा पर्सा ११ का जर्सी नं. ९का खेलाडी उज्जवल बस्नेत अन्तिम अर्थात ६ गोल गरि पर्सा ११ ले रेकर्ड कायम गरिएको छ ।
एकदमै प्रतिष्पर्धा रहेको खेलमा ६÷० गोल अन्तरले पर्सा ११ टिम विजय भएका छन् ।
पर्सा ११ जर्सी नं. १४ का कृष्णकान्त चौधरी म्यानअपदि म्याच घोषित भएका छन् । हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा प्रदान गरिएका म्यानअपदि म्याच शिल्ड विशिष्ट अतिथि तथा लक्ष्मी नारायण माध्यमिक विघालय बैरवाका प्र.अ.राजकुमार साहले हस्तान्तरण गरिएको छ । भने म्यानअपदि म्याच घोषित चौधरीलाई माँ दुर्गा ज्वलर्स बरमझियाका प्रोपाईटर हरि प्रसाद साह स्वर्णकारले चाँदीको मेडल तथा चौधरी फार्मेसी कञ्चनपुर बजारका प्रोपाईटर माघव चौधरीले दुई हजार रुपैंया सहयोग गरिएको छ ।
प्रदेशस्तरी फुटबल प्रतियोगिता अन्तरगर्त फाईनल खेल मंसिर २८ गते शुक्रवार निर्धारित समयमा सर्लाही ११ र पर्सा ११ बीच खेल हुने हिरोज स्पोटिङ क्लबका अध्यक्ष विजय चौधरी जनाएका छन् ।

img

Share: