• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लैगिक हिंसाविरुद्ध १६ दिने अभियानमा दीप प्रज्वलन कार्यक्रम

img

राजविराज । ७०औं अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा राजविराजमा दीप प्रज्वलन गरिएको छ ।
लैङिगक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजना र राजविराज नगरपालिकको सहयोगमा राजविराजस्थित गजेन्द्र चोकमा दीप प्रजवलन कार्यक्रम गरिएको हो ।


लैगिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत सञ्जालले विभिन्न कार्यक्रम गर्दै आएको छ । महिलामाथि हुने हिंसा अन्त्य गर्न सबै लाग्न र सचेतना अभियानलाई निरन्तर चलाउँदै लैजान आफूहरुसमेत लागेको नगर उपप्रमुख साधना झाले प्रतिवद्धता जनाउनुभयो ।

सञ्जालका अध्यक्ष मनोहर पोखरेलको अध्यक्षता र नगर उपप्रमुख साधना झाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिना, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, सञ्जालका पदाधिकारीहरु, पत्रकार र सर्वसाधारणको सहभागिता रहेको थियो ।

 

img

Share: