• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रहरी द्वारा गाँजा फडानी गरी नष्ट गरियो

img

सप्तरी, राजविराज । सप्तरीको जिल्ला प्रहरी कार्यालय मातहतको एरिया ईलाका प्रहरी गस्ति टोलीले सप्तरी जिल्लाका महादेवा गा.पा.वडा नं.–१ बाट १,००० बोट र १ पकरी गाउँबाट १००बोट, कन्चनरुप न.पा ७ बलुवामा १८ बोट, शम्भुनाथ न.पा ७ भगतपुर बाट ९० बोट, खडकपुर न।पा ८ मुसहर्निया टोल बाट १५ बोट, हनुमाननगर कंकालनी न. पा. १३ गोबरगाढा बाट ४,००० बोट, डाक्नेश्वरी न.पा. १ बाट १५०० बोट घरको करेसा बारिमा लगाईएको अबैध गाँजा फडानी गरी उक्त बोटमा आगो लगाई नष्ट गरिएको ।


साथै अस्थाई प्रहरी पोष्ट राजदेबी सप्तरी बाट खटिएको प्रहरी टोलिले जिल्ला सप्तरी राजबिराज न.पा. १ स्थित डुमरी शिवथान भन्ने गाउँबाट अवैध रुपमा रोपिएको ५५र६० बोट गाँजा फडानी गरी नष्ट गरीएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी जानकारी गराएका छन ।

img

Share: