भूपदे माली
मंसिर २० गते ,सप्तरी।
सप्तरीको राजविराज स्थित वर्ल्ड भिजन माध्यमिक विद्यालय एवं क्याम्पसमा नेपाल प्याप्सनको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘शिक्षाको महत्व र आवश्यकता’ विषयक बृहद वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
बालबालिकाहरूको कला – प्रतिभा प्रस्फुटन हुने उद्देश्यले सो वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो।
वर्ल्ड भिजन स्कुलका प्रिन्सिपल एवं नेपाल प्याप्सनका कार्यबाहक जिल्ला अध्यक्ष रामनाथ मेहताको अध्यक्षता एवं शिक्षा विकास तथा समन्वय इकाई निमित्त प्रमुख रुपराम तिरुवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल प्याप्सन अन्तर्गत रहेका सप्तरीका १९ वटा विद्यालयका ३८ जना छात्र- छात्राहरूले सहभागी जनाएका थिए।
शिक्षाको महत्त्व र आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा प्र अ राजदेव यादव , पत्रकारअशोक झा, नेपाली शिक्षक एकराज खतिवडा रहेका थिए भने विशिष्ट अतिथिहरुमा डाक्टर सूर्य प्रसाद यादव ,मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक सदस्य दिनेश कुमार यादव, अतिथिहरूमा नेपाल प्याप्सनका केन्द्रीय अध्यक्ष देवनाथ यादव, केन्द्रीय सदस्य भगवती प्रसाद चौधरी, पूर्व जिल्ला उपाध्यक्ष समानान्द चौधरी लगायत रहेका थिए।
नृत्य प्रशिक्षक प्रवीण मण्डलले मंच संचालन गरिएको कार्यक्रममा वर्ल्ड भिजन स्कुलका छात्रा कृतिका मेहता,दिपिका यादव, ज्योति यादव,अंशु यादव एवं (आखैंमा राख्छु मेरो देश)बोलमा अंशु यादव द्वारा नृत्य प्रस्तुति दिएका थिए।
सम्पन्न कार्यक्रममा विजय भगत एवं विनोद कुमार पण्डित समय सूचक रहेको प्रतियोगिता कार्यक्रममा ह.कं.नपा.-३,भारदह बजार स्थित रहेको रोयल सेकेन्डरी स्कुलका महेश कुमार राय प्रथम विजेता भइ पुरस्कृत भएका छन् भने छात्रा तर्फ वर्ल्ड भिजन स्कुलका संतोषी यादव, दोश्रो विजेता न्युरोड पब्लिक स्कूल राजबिराज का सुदिश साह, छात्रामा रोयल सेकेन्डरी स्कुलका छात्रा सिवानी साह र तृतीय विजेता वर्ल्ड भिजन स्कुलका कुमार प्रिन्स, छात्रामा श्री वानी सेकेन्डरी स्कुल सप्तकोशीका अर्चना चौधरी स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रममा अध्यक्ष मेहताद्वारा प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने विजेता छात्र छात्राहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथि द्वारा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।