• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा भएको उपनिर्वाचनमा दुवै सिट जसपा नेपालले लिए

img

 

भूपदेव माली
मंसिर १७ गते, सप्तरी।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं १ र ४ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दुवै सिट जनता समाजवादी पार्टी नेपालका उम्मेदवारहरूले लिन सफल भएका छन्।

वडा नम्बर १ र ४ मा वडाध्यक्षहरूको निधन भएपछि सो स्थानमा गत मङ्सिर १६ गते भएको उपनिर्वाचनमा वडा नम्बर १ मा जसपा नेपालका उम्मेदवार धिरेन्द्र कुमार साहले र वडा नम्बर ४ मा जसपा नेपालकै देवेन्द्र प्रसाद यादव यादव विजय भएका हुन्।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ को मत नतिजा हेर्दा जसपा नेपालका धिरेन्द्र कुमार साहले ६५२ मत प्राप्त गरी विजय भएका छन् भने उहाँको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भुलिया देवी थरुनीले ५८७ मत प्राप्त गरेकी छन्। यसरी नै वडा नम्बर ४ को मत नतिजा हेर्दा जसपा नेपालका उम्मेदवार देवेन्द्र प्रसाद यादवले ३७२ मत प्राप्त गरी विजय भएका छन् भने उहाँको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार जोगेन्द्र राय अमातले २७७ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतले चुनावको मत नतिजा सार्वजनिक गरेपछि सोमबार जनता समाजवादी पार्टी नेपाल नगर कमिटीको आयोजनामा नगरको पातो बजारमा विजित उम्मेदवारहरू, नेता एवं कार्यकर्ताहरू द्वारा भव्य विजयी यात्रा सम्पन्न गर्दै डाक्नेश्वरी मन्दिरमा पुगेर पूजा दर्शन गरी फर्केका थिए। मधेस प्रदेशमा जम्मा सातवटा वडाहरूमा वडा अध्यक्ष पदको लागि चुनाव सम्पन्न भएको छ। जसमध्ये नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले २/२ सिट जितेका छन् भने नेपाल कम्युनिस्ट पार्टी एमाले, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले १/१सिट जितेका छन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी