• img
  • img
img img img
Categories
राष्ट्रीय

छिन्नमस्ता शक्तिपीठमा क्षमा पूजासहित दश महाविद्या सह–रुद्रमहायज्ञ

img

राजविराज, १० साउन । सप्तरीको प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठमा क्षमा पूजासहित दश महाविद्या सहरुद्रमहायज्ञ आयोजना गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत गत बैशाखमा सम्पन्न लक्षचण्डी रुद्र महायज्ञको पुरनार्थ क्षमा पूजासहित महायज्ञको दश महाविद्या सहरुद्रमहायज्ञ आयोजना हुन लागिएको पिठाधीश महाकान्त ठाकुरले बताएका हुन् । संसारकै चौथो तथा नेपालको पहिलो लक्षचण्डी रुद्रमहायज्ञको पुरनार्थ स्वरुप आयोजना हुन लागेको दश महाविद्या सहरुद्रमहायज्ञ घटस्थापनाका दिनदेखि शुभारम्भ हुने उनले बताए ।
पिठाधीश ठाकुरका अनुसार सनातन धर्मको रक्षाहेतु आयोजना हुन लागेको उक्त महायज्ञमा अलंकृत गुरुवर, साधुसन्त, महन्थ, पिठाधीश, जोगी, सन्याशी बन्धु समेतको सहभागिता रहने छ । दश महाविद्या सहरुद्रमहायज्ञमा काली, तारा, सोरसी (त्रिपुर सुन्दरी), भुवनेश्वरी, छिन्नमस्ता, त्रिपुर भैरवी, धुमावती, कालामुखी, मातंगी र कमलाको विशेष आह्वानगरी महायज्ञ हुने पिठाधीश ठाकुरले जानकारी दिएका छन् ।
दश महाविद्या सहरुद्रमहायज्ञको विधिपूर्वक पूजा आराधना गर्नाले संसारका सम्पूर्ण सुखभोग हुनुका साथै मौक्ष समेत प्राप्त हुने जानकारी दिँदै पत्रकार सम्मेलनमा पिठाधीश ठाकुरले भने, ‘उक्त महायज्ञमा सहभागी हुने व्यक्ति मात्र नभई उसको दश पुस्तासम्मले ऐस्वर्य, सुख, सुविधा, वैभव आर्जन गर्नेछन् भने दुःख कष्ट परिवारबाट भाग्ने धार्मिक विश्वास छ ।’ नेपालमै प्रथम पटक हुन लागेको उक्त महायज्ञमा सपरिवार सहभागि भई आ–आफ्नो स्थानबाट सहयोग गर्न पिठाधीश ठाकुरले आग्रह गरेका छन् । ३१ जना विद्वान व्राम्हणबाट हुने यज्ञको लागि १० लाख खर्च हुने अनुमान गरिएको उनले जानकारी दिएका छन् ।

img

Share:
Tags