• img
  • img
img img img
Categories
विजनेश

हिमालय एअरलाइन्सले थप्यो कतारको दोहामा उडान (तालिकासहित)

img

१२ साउन, काठमाडौं । हिमालय एअरलाइन्सले साउन १९ देखि कतारको दोहामा हप्तामा थप दुई उडान भर्ने भएको छ ।साउन १९ बाट मंगलबार र विहिबार उडान थप हुने भएको हो ।

त्यसैगरी भदौ १७ बाट थप चार उडान गरी हप्ताको ११ उडान पुर्‍याउने कम्पनीले जनाएको छ । थप उडानहरू मंगलबार, विहिबार, शनिबार र आइतबार हुनेछ ।

नेपालीहरुको महानपर्व दशैं तथा दिपावलीलाई ध्यानमा राखि नेपाली यात्रु महानुभावहरुलाई सेवा प्रदान गर्ने उद्देश्य ले उडान थपिएको कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताए ।थप उडान आगामी कार्त्तिक ११ गते सम्मलाई रहने एयरलाइन्सले जनाएको छ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ मा उडान गरी कतारको राजधानी दोहामा सोही दिन त्यहाँको समय अनुसार १२ः२५ मा अवतरण हुनेछ । सोही दिन  दिउँसो १ः१५ मा दोहाबाट उडान भरि साँझ ८ः५०मा काठमाडौं अवतरण गर्नेछ ।

‘दोहा उडान गरेको १ वर्षमा यात्रुबाट हामीले प्राप्त गरेको सद्भाव तथा सहयोग एवम् हवाई सेवाको मागलाई मध्यनजर गर्दै आगामी दशैं तथा दीपावलीमा यात्रा गर्नेलाई सरल, सुलभ, सजिलो होस् भनेर थप उडानको घोषणा गरिएको हो ‘ उनले भने ।

तालिका हेर्नुस्

 

img

Share:
Tags