• img
  • img
img img img
Categories
अन्तरवार्ता

नेपाली कांग्रेसबाट शम्भुनाथ नगरपालिकाको मेयरको दाबेदार द्धारा नमूना नगर बनाउने घोषना

शम्भुनाथ नगरपालिकाको मेयर

img

पारिवारिक वातावरणबाटै राजनीतिक गुण भएका सबुरलाल साहु, २०२६ साल तिरै नेपाली काग्रेसका भातृसंगठन विद्यार्थी परिषद्मा रही राजनीतिक आन्दोलन गर्दै शिक्षक संघ पाचथरको अध्यक्ष भई बर्षौ राजनिति गरेर आफ्नो समाजलाई परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिक जीवनलाई क्रियशिल बनाउँदै हाल नेपाली काँग्रेसबाट शम्भुनाथ नगरपालिका प्रमूखमा उठने भएपछि । उहाँसंग न्यूज 1 नेपाल टकमले गरेको कुराकानीको सम्पादीत अंश
यस क्षेत्रमा यहाँको पार्टीको अवस्था कस्तो छ ?
– हाम्रो पार्टी नेपाली काँग्रेस भरखरै सम्पन्न भएको महाधिवेशनले एक खालको नीति निर्माण गरेको छ, पार्टीको नीति अनुरूप यस क्षेत्रमा पनि सक्रिया, एक रूपता र मजवुत रहेको छ । जसले गर्दा यस क्षेत्रको राजनीतिक संगठनलाई सुधारर्न सहयोग पुगेको छ । शम्भुनाथ नगरपालिका ११ वडामै कमिटिको सक्रियता उत्तिकै छ पार्टीको नीति निर्देशनमा काम अगाडी बढीरहेको छ ।
यहाँको पार्टीको भावी योजना के रहेको छ ?
– यो त पार्टी केन्द्रले तय गर्ने विषय हो । तथापी यस क्षेत्रको सवालमा जनतामाझ नजिक रहेर विकास योजनाहरु गर्दै, स्थानिय चुनावमा पहिलो स्थानमा ल्याउने प्रयासमा रहेको छ । जसले गर्दा जनतासंगको प्रत्यक्ष सरोकारमा गतिविधि अगाडी बढाउँदै लैजाने छौं ।
जनतालाई यहाँको पार्टी प्रति विश्वास दिलाउन के कस्ता योजना ल्याउनु भएको छ ?
– नेपाली काँग्रेस जनताप्रेमी पार्टी हो । आफैमा विश्वास छ जनआंकाक्ष बुझेको पार्टी भएकाले जनताले विश्वास गरेका छन् । हामी यस क्षेत्रका भौगोलिक बनावाट हेरेर विकास कार्यलाई अगाडी बढाउने छौं । देशकै नमूना नगरको रूपमा विकास गर्न पहल गरिरहेको छु । यस क्षेत्रको साँस्कृतिक र प्राकृतिक शौहन्दार्यसंग मिल्ने गरि योजनाको कल्पना गरेका छौं । यस क्षेत्रकै शक्ति शाली शम्भुनाथ मंदिर यस नगरपालिकामा रहेको छ , जहा हजारौको संख्यामा दैनिकी भक्त जन तथा श्रदालुहरु आउने गर्दछ यहा विशाल शिवको मुर्ति बनाएर यस क्षेत्रलाई पर्यटकिय स्थल बनाउन सकिन्छ जसले गर्दा यस क्षेत्रमा पर्यटन व्यवसायिलाई मजुबुत बनाउँदै यहाँका जनतालाई आत्मनिर्भर बनाउने योजना रहेको छ । यसमा हाम्रो पार्टी सक्रिया रूपमा लाग्ने छ ।
यहाँ शम्भुनाथ नगरको मेयरको उम्मेदार दिने भन्ने हल्ला छ नी के कस्तो योजना ल्याउनुभएको छ ?
सबभन्दा पहिला शिक्षाको योजनाहरु ल्याई जनतालाई चेनशिल , युवाहरुलाई रोजगारी , बालवालिकाहरुलाई शिक्षित बनाउने कार्यक्रम छ ,यो शहरभित्र एउटा व्यवस्थित शहर निर्माण गरि यस नगरलाई देशकै नमूना नगरपालिका बनाउने योजना बनाएको छु । जेष्ठ नागरिकलाई वृद्धआश्रम, दिवा सेवा केन्द्र बनाउने लक्ष्य लिएको छु । खेल मैदान र धार्मिक स्थल बनाउने योजना ल्याएको छु । यस क्षेत्रमा रहेका चुरे संरक्षका लागि पनि योजनाहरु ल्याउने योजना रहेको छ र व्यवस्थित र सुन्दर सहरको कल्पना गरेको छु ।
यहँलाई शम्भुनाथ नगरपालिकामा जनताले भोट दिएर जिताउने आधारहरु के के हुन त ?
सक्रिय रुपमा राजनिति गर्दै आएको र अहिले सम्म मैले गरेको विकास निर्माण मैले हेर्ने दृष्टिकोण उपयोग गर्न पाए भने एउटा पुस्ता परिवर्तन हुन्छ । वास्तवमा जनताले के चाहान्छन् धेरै खर्च गर्ने उमेद्धवार चाहान्छन कि जनतासँग भ्रष्टचार नगरि जनतासँगै पैसा पनि माग्ने र भोट पनि माग्ने राजनितिज्ञ चाहान्छन् म एउटा अलगै खालको राजनितिज्ञ भएकोले भोट दिएर मतदान गर्छन भन्नेमा म विश्वस्त छु
शम्भुनाथ नगरपालिका भित्र समग्र विकासका पूर्वाधारमा के–कस्तो प्रयासहरु भईरहेको छ ?
– शम्भुनाथ नगरपालिका आफैमा सक्षम छ । यहाँका जनता र हाल कार्यरत नगर प्रमूख पनि उत्तिकै सक्रिया छन त पनि विकास कार्यलाई हेर्नै हो भने त्यत्ति छिटो गतिमा छैनन् । अर्को कुरा यस क्षेत्रमा सडक बाटो विस्तार कार्य भईरहेको छ जसले सडक छेउछाउका व्यवस्थित ढंगले भत्काउने कार्य भईरहेको छ । केही गुरु योजनाहरु तय भएको छ जसमा सडक विस्तार, फोहोरमैला व्यवस्थापन, खानेपानी सुधार र पर्यटकीय क्षेत्र निर्माणका लागि शहिद पार्कलाई व्यवस्थित गर्दै हरियाली शहर निर्माण कार्यमा जुटिरहेका छन् । जनताले तिरेको करको सहि सदुपयोग गराउन जनमैत्री र जनमूखी विकास योजना ल्याएको छ ।

अन्तमा  नगरवासीलाई यहाँ के भन्नुहुन्छ र?

– विकासका कार्यमा सबै सकारात्मक रूपमा एक हुनु पर्छ । सबै मिलेमा समाज निर्माणका लागि ठूलो कोशेढुंगा सावित हुने छ ,त्यहि भएर यहाँको रहेका भौतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक पक्षलाई ख्यालमा राखी यस क्षेत्रलाई नमूना नगर बनाउन सहयोग पु¥याने कार्यमा लाग्न सबै जनतालाई अग्राह गर्दछु ।

img

Share: