सप्तरी जिल्लामा विद्युत् चोरीको प्रवृत्तिमा कमी आउन सकेको छैन । सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरीहरूले जिल्लाका वीरपुर, लालापट्टी, प्रवाहा, कल्याणपुर, पंसेरा, कडेरबोनालगायत स्थानबाट १६ जना यस्ता नागरिकलाई नियन्त्रणमा लिएका छन्, जसले अनियन्त्रित हुकिंग प्रयोग गरी विद्युत् चोरी गरी उपभोग गरी रहेका थिए । डिएसपी यादवराज उप्रेतीले गुरुबार ३ः४८ बजे विज्ञप्ति जारी गरी नेपाल विद्युत् प्राधिकरण, राजविराजका कर्मचारी र प्रहरीको संयुक्त टोलीले ४८ मिनेटअघि कार्यबाही गरी उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएका छन् । आरोपीहरूमाथि विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही गरिने जनाइएको छ ।