• img
  • img
img img img
Categories
Uncategorized स्वास्थ्य

डाक्टर गोविन्द केसी सँग आज पनि वार्ता हुँदैछ

img

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै ११ औं पटक अनसनरत डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुँदैछ ।डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नेबारे सरकारी टोलीले उनका प्रतिनिधिसँग विगत केही दिनदेखि लगातार वार्ता गरिरहेको छ । वार्तामा डाक्टर केसीको मागअनुसार त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई कस्तो स्वरुपमा स्वायत्त बनाउने भन्नेबारे छलफल हुनेछ ।संस्थानका डिनले स्वायत्ताबारेको खाका ल्याउने र यसबारे दुवै पक्षबिच छफफल हुने वार्ता समितिका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए ।डाक्टर केसीले आफ्नो सुझाव र माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पारित, विगतका सम्झौता कार्यान्वयन, विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार आइओएममा फिर्ता लगायत माग गर्दै ११ औं पटक अनसन थालेको आज आठ दिन भएको छ । अनसनका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

img

Share:
Tags