• img
  • img
img img img
Categories
प्रदेश समाचार

दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको  निधन 

img

१७ साउन, सप्तरी। दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको मंगलबार ७४ वर्षको उमेरमा निधन भएको छ ।

विं.सं.२००० सालमा सप्तरी जिल्ला मधुपट्टीमा जन्मिएका राम लामो समयदेखि दलित अधिकारको पक्षमा संघर्षरत थिए । मोही अधिकारको लागि संघर्ष गर्दै आएका उनी आफैं मोही थिए ।

उनले २०५६ साल असारमा सप्तरीको कञ्कपुरबाट उठेको सिनो बहिष्कार आन्दोलनको नेतृत्व गरेका थिए । बहुदल आएको १० वर्षपछि पनि सिरहा र सप्तरीका दलित भनिएको चमार जातिका मानिसहरुले गैरदलीतको घरको सिनो फाल्ने काम गर्नुपर्दथ्यो । यो आन्दोलन शुरु भएपछि गैर दलितहरुले चमार बस्तीमा नाकाबन्दी समेत गरेका थिए । यो आन्दोलनपछि चमार जातिले सिनो फाल्ने बाध्यता हटेको छ ।

२०६१ सालमा उनी राष्ट्रिय भूमिअधिकार मञ्चको संस्थापक अध्यक्ष भएर भूमिअधिकार आन्दोलनलाई देशव्यापी बनाउन अग्रणी भूमिका खेेलेका थिए ।

उनले दर्जन भन्दा बढि पुरस्कार पाएका छन् । उनी २०६५ सालमा गठित भूमि आयोगका सदस्य समेत भएका थिए । उनको श्रीमती, ३ छोरी र २ छोरा छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी