• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

गृहमन्त्री जनार्दन शर्माका छोराका लागि डिआइजी चढ्ने स्कार्पियो

img

साउन १८ । सरकारले पनि होइन, मातहतको एउटा निकायले मन्त्रीलाई व्यक्तिगत कामका लागि सहजता पुगोस भनी दिएको गाडीले प्रहरीमा रुवाबासी चलेको छ ।

कहिलाकाहीँ झन्डा नभएको गाडीमा हिँडडुल गर्नुपर्दा सजिलो होस भन्नलाई प्रहरी प्रधान कार्यलयले गृहमन्त्री जनार्दन शर्मालाई उपलब्ध गराएको स्कर्पियो गाडी अहिले प्रहरीकै लागि घाँडो बनेको छ । अस्ति सोमबार गृहमन्त्रीका छोराले घुमफिरका लागि लिएर हिँडेको गाडी बाटोमै बिग्रिदा बिग्रेकै ठाउँ पुगेर गाडी बनाउनु पर्दा, सट्टामा अर्को गाडी पुर्याउन पर्दा र त्यो गाडी पनि ठिक छैन भनेर फेरि अर्को गाडी टल्काएर पुर्याइदिनु पर्दा पुलिस हेडक्वाटर मोटर ट्रान्सपोर्टेसन महाशाखा (एमटी)का प्राविधिकहरु हैरान परेका हुन् ।

धादिङको नौबिसेमा गृहमन्त्री पुत्रले बिहानै बिगारे । चालकसहित हिँडेका उनी सवार गाडी बिग्रिएपछि हेडक्वाटरमा खबर भयो । त्यहाँबाट चार जना मेकानिक नौबिसे पुगे । गाडीीको क्लच प्लेट खत्तम भएछ । गृहमन्त्रीका छोराको यात्रा नबिग्रियोस भनेर प्रहरीले स्यान्ट्रो गाडी पठायो । स्कार्पियो चाहिँ रातिसम्म बनाएर ठिक भएको छ । तर, सट्टामा पठाएको स्यान्ट्रो पनि राम्रो नभएको भन्दै फिर्ता गरेका छन् । त्यसको सट्टामा पनि प्रहरीले अर्को गाडी दिइसकेको छ । फूल अप्सन स्कार्पियो खास गरी प्रहरीको डिआइजीकालागि दिइन्छ । तर प्रहरीले आफनो काम लिनका लागि ठाउँ ठाउँमा जी हजुरी गर्नु पर्ने बाध्यता सुरु भएदेखि त्यस्ता सुविधासम्पन्न गाडीहरु शक्तिकेन्द्रमा बाँडने गरिएको छ ।
–जनआस्था साप्ताहिकबाट

img

Share:
img

ताजा अपडेट

क्याटोगरी