• img
  • img
img img img
Categories
मनोरञ्‍जन

‘हग’ गर्दा सलमानले किन मुठ्ठी पारे ?

img

मुम्बईमा हालै भएको जी इन्टरटेनमेन्ट अवार्डमा बलिउड र टिभी स्टारहरुको जमघट थियो । उनीहरुले एक से एक पर्फमेन्स पनि दिए ।

त्यहाँ उपस्थित फिल्म स्टारमध्ये एक थिए सलमान खान । उनले त्यहाँ एक टिभी अभिनेत्रीसँग गरेको व्यवाहार अहिले चर्चाको विषय बनिरहेको छ मिडियामा ।

यी अभिनेत्री हुन् बिग बोसकी एक्स कन्टेस्टेन्ट समेत रहेकी सना खान । जब सनाले रेड कार्पेटमा सलमानलाई देखिन्, उनी उत्ताउँलिदै सलमानसँग ‘हग’ गर्न गइन् ।

उनले त सलमानलाई च्याप्प दुईतिरबाट समाइन्, तर, सलमानले त्यस्तो गरेनन् । उनले आफ्नो हातले सनाको पिठ्यूमा समात्नुको साटो मुठ्ठी पारे । यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

खासमा सनाले पछाडि पुरै उदांगो चोली लगाएकी थिइन् । सायद यही कारणले सलमानले उनलाई पिठ्यूमा समात्न हिच्किचाएको हुन सक्ने अनुमान गरिएको छ । अनि यसैलाई लिएर सलमानका फ्यानहरुले उनको ‘भलाद्मीपन’ को प्रशंसा गरिरहेका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी