• img
  • img
img img img
Categories
मनोरञ्‍जन स्वास्थ्य

मोटाउनु भनेको हिरोइनहरुका लागि अभिषाप

img

मोटाउनु भनेको हिरोइनहरुका लागि अभिषाप नै भइदिन्छ । यस्तै भएको छ अनुष्का शेट्टीलाई ।

 

फिल्म बाहुबलीमा अनुष्का र प्रभासको जोडीले तहल्का मच्चाएको थियो । धेरै दर्शकहरुले आगामी फिल्ममा पनि यो जोडीलाई हेर्न पाउने प्रतिक्षा गरिरहेका छन् । प्रभासको आगामी फिल्म ‘साहो’ मा उनको अपोजिटमा अनुष्काले खेल्ने समाचार सार्वजनिक भएको थियो । तर, अहिले अर्कै कुरा आएको छ ।

समाचार अनुसार यो बीचमा अनुष्का धेरै मोटाएकीले साहोबाट उनले हात धुनुपरेको छ । उनको ठाउँ लिएकी छिन् श्रद्धा अपुरले ।

त्यसो त यसअघि पनि फिल्ममा श्रद्धा कपुरको चर्चा नचलेको होइन । तर, पारिश्रमिकमा कुरा अड्केको थियो । अब त्यो कुरा पनि मिलिसकेको बताइन्छ ।

यस फिल्मका मेकरहरुले पहिले सोनम कपुर, कैटरिना कैफ, दीपिका पादुकोण, तमन्ना भाटियालगायतका हिरोइनहरुको नाममा पनि विचार गरेका थिए । अन्तिममा अनुष्काले बाजी मार्लिन् जस्तो देखिएको थियो । तर शरीर मेन्टेन गर्न नसकेपछि उनलाई निराशा हात लागेको छ ।

img

Share:
Tags