• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

मधेस राष्ट्रवाद र एमालेको पहाडिया राष्ट्रवादले देश नै विखण्डन गर्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे: प्रचण्ड

img

२२ साउन, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशमा विखण्डनकारी राष्ट्रवाद हावी भएको बताएका छन् । उनले मधेस राष्ट्रवाद र एमालेको पहाडिया राष्ट्रवादले देश नै विखण्डन गर्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

पिछडिएका वर्ग र जातिहरुलाई सम्मान, पहिचान र अधिकार दिनका लागि पहिचानका आधारमा राज्य पुर्नसंरचना हुनुपर्छ भनेर आवाज उठाएपनि त्यसलाई मधेसवादी दल र एमालेले मधेसी राष्ट्रवाद र पहाडिया राष्ट्रवादका रुपमा अगाडि बढाउँदा नश्लवादीतर्फ उन्मुख हुन थालेको टिप्पणी गरे । उनले भने, ‘जानेर होस् वा नजानेर देश नश्लवादमा फस्यो भने त्यो फासीवाद वा विखण्डनतर्फ जाने सम्भावना हुन्छ ।’

 

प्रेस सेन्टर नेपाल प्रदेश ४ ले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले माओवादी केन्द्रले अब प्रत्यक्ष कार्यकारी प्रणाली हुनुपर्छ भनेर आवाज उठाउने बताए । माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा भएपनि अन्य दलसँगको सहमतिमा प्रत्यक्ष निर्वाचित प्रधामन्त्रीय प्रणालीमा पनि जान सकिने उनले बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउन शुरुमा जनदवाब सिर्जना गरेर यसलाई बहसमा ल्याउने र नभए आन्दोलनबाट पनि दवाब सिर्जना गर्ने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी छ ।

उनले मंसिर दोश्रो साताभित्रै प्रदेश र प्रतिनिधि सभाको चुनाव हुने ठोकुवा गरे । सरकार र दलहरुले चाहृयो भने असार र साउनमा पनि चुनाव हुनसक्छ भन्ने पुष्टि भएकाले अब संविधानले निर्दिष्ट गरेको समयमै बाँकी चुनाव पनि सम्पन्न गर्न सकिने बताए ।

प्रचण्डले आगामी चुनावमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुसँग सहकार्य हुने बताए । पछिल्लो समयमा आएर केपी ओलीको बोली र ब्यबहारपनि सच्चिएका भन्दै उनले अबको चुनावमा एमालेसँग पनि सहकार्य हुनसक्ने वातावरण बन्दै गएको बताए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी