• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

अञ्चलका आधारमा जीपीएस प्रविधिको इम्बोस्ड नम्बरप्लेट वितरण सुरु

img

२४ साउन, काठमाडौं । सरकारले अञ्चलका आधारमा उच्च प्रविधिको इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गर्ने अन्तिम तयारी गरेको छ । यातायात व्यवस्था विभागले आगामी सातादेखि अञ्चलका आधारमा जीपीएस प्रविधिको इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गर्न लागेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

सामान्यतः प्रदेशको नामका आधारमा नम्बर प्लेट बनाइन्छ । तर, हाल प्रदेशको नाम तय नभएकाले आफूहरुले अञ्चलकै आधारमा नम्बरप्लेट वितरण गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

 

पछि सरकारले प्रदेशका आधारमा नम्बरप्लेट कायम गर्ने कानून बनाएमा सवारीधनीले नम्बरप्लेट फेर्नुपर्ने उनको भनाइ छ । त्यो अवस्थामा सर्वसाधारणलाई दोहोरो आर्थिक भार पर्नेछ ।

विभागले इम्बोस्ड नम्बरप्लेटको सबै तयारी पूरा भइसकेको र केही दिनमै वितरण सुरु गरिने जनाएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी