• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति, राजपा चुनावमा जाने तयार

img

२७ साउन, काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएका छन् । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान -भोटिङ) हुनेछ ।

‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ राजपा नेता शरतसिंह भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन ।

सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ ।

राजपा नेता भण्डारीले पनि त्यो स्वीकार गरे । ‘प्रक्रियामा गएपछि खेलको नियमबाट भाग्ने कुरा हुँदैन’ उनले भने, ‘यदि कसैले फेल गराउने प्रयास गर्छ भने उसलाई सजाय दिन पनि हामी जनतामाझ जानुपर्छ । हामी आफ्नो कुरा लिएर चुनावमा जान्छौं ।’

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी