काठमाडौं । संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशका जिल्लाहरुका उम्मेदबारको सूची तयार गरेको छ । स्थानीय तहको तेस्रो चरण अन्तर्गत हुन गइरहेको निर्वाचनका लागि फोरम नेपालले नगरपालिका तथा गाउँपालिका उम्मेदबारहरु चयन गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङ्वाले केही स्थान बाहेक बाकी तहमा उम्मेदबार चयन सम्पन्न भएको जानकारी दिए । सर्लाही र महोत्तरीका उम्मेदबार चाडैनै टुंगो लगाउने उनले बताए ।
पर्सा, बारा, रौतहट, धनुषा, सिरहा र सप्तरी जिल्लाका केही तह बाहेक सबै स्थानका लागि उम्मेदबार चयन भइसकेका छन् ।
भाद्र दोस्रो साता केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मेयर र उपमेयर, अध्यक्ष तथा उपाध्यक्षको सूचीलाई अन्तिम रुप दिएको छ ।