• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

शैलेन्द्र साह फोरम राजपा गठबन्धनकोे उम्मेदवार बन्ने चर्चामा

img

सप्तरी । सप्तरीमा चुनावी सरगर्मी सुरु भएको छ । मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाका लागि उम्मेदबार छनौट प्रक्रियालाई दलहरुले तिब्रता दिएको छ ।
दलहरुले उम्मेदवार छनोट गर्नका लागि प्रक्रियागत रुपमा काम अगाडि बढाईरहेको छ । संघीय समाजबादी फोरम र राजपा नेपालको गठबन्धन भए पछि अन्य दलका नेताहरुलाई बलिया उम्मेदबार छनोट गर्न भ्याई नभ्याई छ ।
सप्तरी क्षेत्र नम्बर २ बाट राजपा नेपाल र संघीय समाजबादी फोरम नेपालको गठबन्धनको तर्फबाट युबा नेता शैलेन्द्र साहले प्रतिनिधी सभाका लागि उम्मेदबार बन्ने चर्चा चलिरहेको रहेको छ । गठबन्धनको उम्मेबारका लागि उच्च मुल्यांकनमा रहेका नेता साह चुनावमा होमिने तयारी गरिरहेका छन् । जिल्ला देखी केन्द्र सम्म मधेशीको अधिकारको लागि संघर्ष गर्दे आएका साह मधेशी समुदायलाई अधिकार समपन्न बनाउन उम्मेदबारी दिन लागेको बताएका छन् । सदैव जनताका मतलाई सम्मान गर्ने नेता २०७० सालमा प्रत्यक्षबाट संविधानसभा चुनाव लडे । मह“गिदै गएको चुनावी राजनीतिमा टिक्न आफ्नो सरबस्व गुमाए तर, समानुपातिकको आडमा राजनीतिलाई अघि बढाउन चाहेनन् । उनी सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लडि फोरम नेपालको शाख पनि जोगाइ राखे । सडक आन्दोलनमा मरणासन्न हुने गरी कयौं पटक कुटिए । शासकको लाठी प्रहारले रक्ताम्म भए । तर कहिल्यै अन्दोनबाट भागने प्रयास गरेन ।
६ महिने मधेश आन्दोलनको सुरुबातमै भारदहमा प्रहरीको लाठि प्रहार बाट घाईते भएको साह आन्दोन गरी रहे । विद्यार्थी जिवनमा लोकतान्त्रीक आन्दोलनको समेत अगुवा बली केन्द्र देखी जिल्ला सम्म कयौ पटक जेल गए । मधेश आन्दोलनको रापतापले प्रदेश नम्बर २ मा संधीय समाजबादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले राम्रै सिट हासिल गरेको छ स्थानीय तह निर्वाचनमा । जसले गर्दा यो पार्टीप्रति धेरै राजनीतिकर्मी आकर्षित भएका छन् । मतदाताको हुल नै फोरम राजपा पक्षधर भएपछिको परिणाम हो यो । हरेक मधेश आन्दोलनमा सहभागी भई मधेशवादको दियोलाई प्रतिकूल समयमा पनि जोगाइ राखे । साह पार्टीप्रति प्रतिबद्ध, नेतृत्वको विश्वासी र जनताका प्यारो नेता भएकाले उनी टिकट पाउने कुरामा खासै सन्देह गर्नुपर्ने स्थिति नरहेको बताए ।
जनप्रिय भए संगै जालझेल गर्न नजानेकै कारण २०७० सालको संविधान सभाको चुनावमा पराजित भए नेता साह । साविकको संविधान सभा क्षेत्र नम्बर ३ बाट चुनाव लडेका शाह चुनाव जित्ने बलियो उम्मेदवार भएर पनि चुनाब हार्नु परेको थियो । पार्टी भित्रैका नेताहरुको दोयस भावनाले नेता साहलाई चुनामा हराईएको बुझिएको छ । नेकपा मओबादी बाट उम्मेदबार बनेका उमेश कुमार यालदवले पैसाको चलखेल संगै समिकरणलाई परिर्बतन गरी साहलाई पराजित गरेको बताईन्छ । उक्त चुनाबमा धैरै उम्मेरबारहरुले नेता साहलाई हराउन नै चुनाब लडेका थिए ।
राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावमा सहकार्य गर्ने सहमति भए संगै मधेशी जनता उत्सहित भएका छन । दुई पार्टीबीचको तालमेललाई मधेशमा सकारात्मक रुपमा लिइएको छ । मधेशीहरु एक ठाउमा आउ पछि विभिन्न समाजिक संजालमा पनि सकारातमा रुपमा प्रतिक्रयाहरु दिएको छ । गठबन्धनले झन् चुनावी महोल बन्दै गईरहेको छ ।

सप्तरी क्षेत्र नम्बर २ को रणभुमी को को भाग लिने ?
नेकपा एमाले र मओबादीको गठबन्धन बाट पुर्ब मन्त्री उमेश कुमार यादवको नाम चर्चा रहेको छ, भने नेपाली काँग्रेस बाट रामकुमार यादव , बर्तमान सांसद रंजित कर्ण यस क्षेत्रको रणभुमीमा भाग लिने भएको छ यता राजपा र फोरमको गठबन्धनबाट शैलेन्द्र साहको नाम चर्चामा रहेको छ । यी सबै यस क्षेत्र बाट चुनाबी मैदानमा उक्रिने भएको छ । दुई नम्बर क्षेत्रको चार बटा स्थानिय तह मध्ये दुई राजपा एक फोरम र एक नया“ शक्तिले जित हाथपारेको छ र राजपा र फोमको गठबन्धन हुदा गठबन्धनकै उम्मेदबार बलियो देखिन्छ मधेशबादी दुईदलको समिकरणले प्रतिनिधी सभा र प्रदेश सभाको दुबै क्षेत्रमा गठबन्धनकै उम्मेदबारको जित हुने सम्भावना देखिन्छ । स्थानिय तहको चुनावमा राजविराज नगरपालिका , महदेवा गाउँपालिकामा राजपा र फोरम विचनै प्रतिस्पर्दा देखिएको थियो भने कोइलाडी तिलाठी गाउँपालिकामा राजपा काँग्रेस र छिन्नमस्ता गाउँपालिकामा नया“शक्ति राजपा विच प्रतिसपर्दा देखिएको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी