• img
  • img
img img img

img

काठमाण्डौ। व्यवस्थापिका संसदको अन्तिम बैठक आज बस्दैछ । संविधानसभाबाट रुपान्तरित संसदको अवधि आजै रातीबाट सकिने संसद सचिवालयले जनाएको छ । सभामुख ओनसरी घर्तीले अपरान्ह ३ बजे संसदको बिदाई बैठक आव्हान गर्नुभएको छ । बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्ने र त्यसअघि संसदका सम्पुर्ण सदस्यको सामूहिक फोटो खिचाउने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । दलका नेताहरुको बिदाई सम्बोधनपछि सभामुख घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुनेछ । प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि भोली समानुपातिक तर्फको उम्मेदवारी दर्ता हुने भएकाले त्यसको अघिल्लो दिन आजराती १२ बजेदेखि नै संसदको अवधि सकिन लागेको हो । संसदको समयावधि आज सकिन लागेपनि प्रमुख ३ दलबीच सहमति जुट्न नसकेपछि चिकित्सा शिक्षा विद्येयक र राष्ट्रिय सभा सम्वन्धी विद्येयक पारित हुन सकेनन् । कान्तीपुर वाट

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी