• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा बिशेष रुपमा मनाइँदै

img

३ कात्तिक,सप्तरी । यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुन्छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूणिर्माका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत छ ।

तराईका भु–भागमा आज हुरिहा अर्थात गाई गोरु पर्व आजका दिन कतिपय ठाउँमा सुगुर र भैसीको एक अरका सँग भिडाई खेल खेलने कार्य पनि गरिन्छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी