• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

महापर्व छठ पूजाको दोश्रो दिन आज बेलुका खरना मनाउदैं

img

८ कात्तिक, सप्तरी । तराईवासीहरुको महान चाँड पर्व छठ पूजाको तयारी सप्तरीमा अन्तिम चरणमा पुगेको छ । एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व हिजो बाट सुरु भएको हो ।

सूर्य उपासनाको यो महापर्व छठ पूजाको पहिलो दिन हिजो व्रतालुहरुले नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रागी तयार गरेका थिए । स्थानीय भाषामा नहाय खाय भन्ने हिजोको दिन व्रत बस्ने महिलाहरु चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाएका थिए ।

दोश्रो दिन अर्थात आज बेलुका व्रतालुहरुले खरना मनाउने छन जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने गर्छन र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत सुरु हुन्छ ।

यस अवधिमा पानि समेत नखाई सूर्य भक्तिमा लीन भइ बस्छन । बिहीवार व्रतालुहरुले बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिनेछन भने शुक्रवार बिहान संसार लाई जीवन दिने भगवान भाष्कर सूर्य देव लाई विधि पूर्वक अर्घ्य दिएपछि चार दिनको यो पर्व सकिने छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी