• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय विजनेश

१६० मेगावाट बिजुली आयात सुनिश्चित

img

१० कात्तिक काठमाडौं । भारतबाट ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन हुँदै आउने बिजुलीको बिद्युत खरिद सम्झौता नवीकरण भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र एनपीटीसी विद्युत् ब्यापार निगम (एनभीभीएन ) बीच भएको यो सम्झौता शुक्रबार मात्रै नवीकरण भएको छ ।

 

यसअघि गरिएको सम्झौताको म्याद अक्टोबरको अन्त्यमा सकिन लागेकाले सम्झौता नविकरण गरिएको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिएका छन् ।

साथै उनले यो नवीकरण भएको सम्झौता अनुसार आगामी डिसेम्बर ३१ सम्म विद्युत् आयात हुने बताएका छन् । पुरानै दर ६.३० भारुमा नै खरिद गर्ने गरि यो सम्झौता नवीकरण भएको छ ।

‘यो सम्झौतासँगै आगामी डिसेम्बरसम्म यो बितरण केन्द्रबाट आवश्यकता हेरी १ सय ६० मेगावाटसम्म विद्युत् आयात गर्न पाइने कुरा सुनिश्चित भएको छ ,’ प्रवक्ता अधिकारीले भने ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका हुन् । online khaber

img

Share: