• img
  • img
img img img
Categories
कृषि सहकारी

सहकारी बैंकको साधारणसभा पुस पहिलो सातामा

img

ललितपुर । देशभरका सहकारी संघ संस्थाहरुको एक मात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा आगामी पुस ६ गते बिहीवार हुने भएको छ ।

बैंक सञ्चालक समितिको हालै सम्पन्न वैठकले बैंकको १४ औं वार्षिक साधारणसभा पुस ६ गते बिहीवार बिहान ८ बजेदेखि काठमाडौको भृकुटी मण्डपमा गर्ने निर्णय गरेको हो । साधारणसभामा देशभरका करिब १० हजार सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको वैठकले साधारणसभा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न व्यवस्थापनलाई जिम्मेवारी दिएको छ । सहकारी संघ संस्थाहरुको प्रवद्र्धन, विकास एवं बैकिङ कारोबारमा सहयोग गर्ने उदेश्यका साथ २०६० साल असार २५ गते स्थापना भई २०६१ साउन १९ गतेदेखि कारोबार शुभारम्भ गरेको बैंकमा हाल करिब १० हजार सहकारी संघ संस्था सदस्य रहेका छन् ।

२०६७ साउन १० गते नेपाल राष्ट्र बैंकको समेत स्वीकृति लिएर सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन सम्बन्धी काम गर्दै आइरहेको बैंकमा हालसम्म ९० करोड शेयर रकम, १४ अर्ब निक्षेप, करिब १० अर्ब लगानी रहेको छ । बैंकले २०७५ सम्ममा १६ हजार शेयर सदस्य, २ अर्ब शेयर रकम, २० अर्ब निक्षेप र १६ अर्ब लगानी पु¥याउने लक्ष्य लिएको छ । लगानीको ७० प्रतिशत रकम जलस्रोत, कृषि, पर्यटन र पर्यावरणमा लगानी गर्ने लक्ष्य लिएको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।

आफ्ना शेयर सदस्यहरुलाई गत वर्ष साढे १३ प्रतिशत मुनाफा वितरण गरेको बैंकले यस वर्ष गत वर्षको भन्दा बढी मुनाफा वितरणका लागि साधारणसभामा प्रस्ताव लैजाने तयारी गरेको प्रवन्ध सञ्चालक उप्रेतीले बताउनुभयो ।

सहकारीहरुको प्रवद्र्धनका लागि स्थापना भएको सहकारी बैंकले हरेक वर्ष सदस्यता वृद्धि, शेयर रकम वृद्धि, निक्षेप, कर्जा लगानी लगायत बैंकका सञ्जाल विस्तारका क्षेत्रमा प्रगति गर्दै गइरहेको प्रवन्ध सञ्चालक उप्रेतीले बताउनुभयो । उहाँले देशभर सञ्जाल भएको, ३७ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुलाई वित्तीय सहित सहकारी प्रवद्र्धनका अन्य कार्यमा समेत बैंकले सहयोग गर्दै आइरहेको बैंकका सञ्चालक एवं सूचना, सञ्चार तथा प्रकाशन उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।

img

Share:
Tags