राजविराज, २४ मंसीर । सप्तरी प्रदेशसभा क्षेत्र न्म्बर २ को १ मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्र साह निर्वाचित भएका छन् ।
साह १० हजार ५ सय ७० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनका सरोज मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् ।
निर्वाचित साह दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालिन सप्तरी क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए ।
प्रदेश सभा ४ को १ मा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने १५,११३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका सिताराम साहले ११,३९५ मत पाएका छन् ।
एमालेले प्रदेशसभा निर्वाचनमा जितेको यो पहिलो हो । प्रतिनिधीसभाको कुनै क्षेत्रमा बाम गठबन्धनले जित्न सकेन् ।