• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

सर्लाही र सुनसरी रोकिएको मतगणना पुनः सुरु

img

२६ मंसिर, सुनसरी । सर्लाही क्षेत्रनम्बर ४ र सुनसरी क्षेत्रनम्बर ३ मा रोकिएको मतगणना मंगलबार बिहानबाट पुनः सुरु भएको छ । सुनसरी ३ अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएपछि र सर्लाही ४ मा मतपेटिकामा शिल नलगाएको पाइएपछि विवाद भएको थियो ।

 

सुनसरीका मुख्य निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले गणना सुरु गर्ने सहमति भइसकेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोगले अविलम्ब गणना सुरु गर्न निर्देशन दिइसकेकाले काम पनि सुरु भयो ।’

सुनसरी क्षेत्रनम्बर ३ मा उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी उम्मेदवार छन् । उनीहरुबीच कडा टक्कर छ । गच्छदार १५५ मतअन्तरले पछि परेको बेला विवाद सुरु भएपछि गणना रोकिएको थियो ।

गच्छदार र चौधरीबीच यो तेस्रो पटकको चुनावी प्रतिस्पर्धा हो । यसअघिका दुबै निर्वाचनमा गच्छदारले चौधरीलाई पराजित गरेका थिए ।

यसैगरी सर्लाही ४ मा कांग्रेसका अमरेस कुमार सिंह र राजपा उम्मेदवार राकेश कुमार मिश्रबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अमरेस राकेश भन्दा पछि परेका छन् ।
अमरेसको घर रहेको बलराको एउटा केन्द्रको मतपेटिकामा शिल नलगाएको पाइएपछि विवाद भएको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी