भुपदेव माली,२६ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.३ भारदह बजार अवस्थित त्रिशक्ति खाद्य उद्योग (चुडा मिल) मा बम बिस्फोट भएका थिए । उक्त उद्योगका संचालक अनिल नायकको कार्यालय कक्षमा बुवा सुतिरेको खाटलाई लक्षित गरी मारिएको सुतिली बम बिस्फोट भएका छन ।
राती १ः३० बजे भएको सो बिस्फोटको आवाज सुनि तत्काले इलाक प्रहरी कार्यालय भारदहका प्रहरी टोली घटना स्थलमा पुगी बास्तविक अवस्था सोध पुछ गरेका थिए । घटनामा कुनै किसिमका धनजन, मानवीय क्षत्ति नभएको प्रहरी जानकारी गराएका छन ।
सो घटनाको जिम्मेवारी घटनास्थलमा छरिएका पर्चा कम्पलेट अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चा कान्तिकारी गराईको अनुमान प्रहरीको छ । घटना स्थलवाट पार्टी का पर्चा कम्पलेट समेत प्रहरीले प्राप्त गरेका छन ।