• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपाल यातायात मजदुर संघ, सप्तरीको जिल्ला अधिवेशन सम्पन्न

img

भुपदेव माली,सप्तरी । नेपाल यातायात मजदुर संघ, सप्तरीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ अवस्थित भारदहमा आयोजित सातौं जिल्ला अधिवेशन कार्यक्रम का अध्यक्षता पूर्ण बहादुर आले कार्यक्रमका प्रमुख आतिथि नेपाल टे«ड युनियन काग्रेसका भू.पू. अध्यक्ष लक्ष्मण बस्नेत र बिशिष्ट अतिथि पूर्व केन्द्रीय सदस्य भोगेन्द्र झा अतिथि गणमा नेपाल पत्रकार महासंघ शाखा सप्तरी का अध्यक्ष जितेन्द्र खडगा, वडा अध्यक्ष भिमराज मण्डल, जिल्ला वोक्सिन संघ सप्तरीका अध्यक्ष संजाय पासवान, विनोद माझी, ज्योति कोईराला, लगाइत अतिथि आसनग्रहण गराइका थिए । सो कार्यक्रम मा स्वागत मन्तव्य कृष्णदेव यादवले गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रमुख तेज बहादुर श्रेष्ट, नेपाल पत्रकार महासंघ शाखा सप्तरी का अध्यक्ष जितेन्द्र खडगा र हनुमाननगर कंकालिनी न.पा.–१ वडा अध्यक्ष भिमराज मण्डल, विनोद माझी लगाइत लाइ सम्मानित गरेका थिए ।

यातायात मजदुरहरुले आ–आफनो जिविकाको संरक्षण सँगे यातायताका सवारी साधन चलाउने प्रकृयामा सुधार तथा यात्रुहरु लाई पूर्ण सुविधा प्रदान गर्नुको साथै हरेक बस विसौनीहरुमा यात्री प्रतिक्षालय र शौचालय निर्माण गर्नु पर्ने यातायता मजदुरहरुको पनि दायित्व भएको भनाई मन्तव्यमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष खडगा व्यक्त गरे ।

देशमा हरेक जनताको जिवन जिविकाको विकास एवं संरक्षण गर्न नया संविधानमा रहेका मुख्य तिन कुरा शिक्षा, स्वास्थ्य र रोजगार लाई कार्यान्वयन गर्न यातायता मजदुर संगठन सक्रृय रही रहेका छ भनाइ प्रमुख अतिथि बस्नेतले राख्नु भयो ।
नव जिल्ला कार्यसमिति गठन
नेपाल यातायात मजदुर संघ, सप्तरीको सातौं जिल्ला अधिवेशन वाट पूर्ण कुमार आले अध्यक्षतामा नव जिल्ला कार्य समिति १३ सदस्य आपसी सर्वसहमती निर्विराध गठन गरियो । वरिष्ट उपाध्यक्ष महाविर ठाकुर, प्रथम उपाध्यक्ष सुवोध माझी, दास्रो उपाध्यक्ष राजेन्द्र प्रसाद शार्मा, सचिव सुर्यदेव माली, सह–सचिव जयसियाराम मण्डल कोषाध्यक्ष दिलिप साह लगाइत ६ सदस्य समितिमा समावेश गरिएका छन ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी