• img
  • img
img img img
Categories
मनोरञ्‍जन

दीपिकालाई धम्की, रणवीरले यसरी गरे सामना

img

एजेन्सी। संजयलिला भन्सालीको फिल्म ‘पद्मावत’ तमाम विरोधका बाबजुद रिलिज भयो र सफल पनि रह्यो।
रिलिज हुनुभन्दा अघि धेरै महिनासम्म फिल्मले करणी सेना र राजपूत समाजको तर्फबाट धम्की तथा विरोधको सामना गयो। तर समयसँगै करणी सेना तथा राजपूत समाजले फिल्मले आफ्नो समुदायको गौरव बढाउन सहयोग गरेको भन्दै फिल्ममा लगाएको प्रतिबन्ध फुकुवा गयो।

यद्यपी फिल्म रिलिजको समयमा दिपिकालाई ज्यान मार्ने भनेर आएको धम्कीको जवाफ अहिले रणवीर सिंहले दिएका छन्। ‘पद्मावत’मा महत्वपूर्ण भुमिका निर्वाह गरेका रणवीर दीपिकाका प्रेमी हुन।

आफ्नी प्रेमिका दीपिकालाई धम्की आएको सुन्दा आफूलाई साह्रै दुःख लागेको उनले बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अनि धेरै रिस पनि उठेको रहेछ। उनले भनेका छन्, ‘बाहिर जे–जस्तो घटना भएपनि हामी दुईबीचको साथ सधै थियो। म त्यो धम्कीको त्यहि समयमा पनि जवाफ दिन चाहन्थे, तर मलाई आफूमा संयम राख्न भनिएको थियो। त्यसैले मैले त्यो धम्कीलाई आफ्नो फिल्ममा दिइएको दृश्यको माध्यमद्धारा देखाइदिए। फिल्ममा देखिएको मेरो रिस त्यहि धम्कीको नतिजा हो।’

रणवीर सिंह अहिले निर्देशक जोया अख्तरको फिल्म ‘गल्ली बोय’मा काम गरिरहेका छन्। यो फिल्ममा उनी आलिया भाटको साथमा देखिन लागेका हुन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी