• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

नेपाल मानव अधिकार बर्ष पुस्तक २०१८ सार्वजनीकिकरण

img

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बिराटनगरले उत्कृष्ट मानवअधिकार अनुगमन र प्रलेख कार्य गरेको भन्दै दुई जना जिल्ला प्रतिनिधीलाई सम्मान गरेको छ । विराटनगरमा आयोजित मानवअधिकार बर्षपुस्तक २०१८ सार्वजनिकिकरण कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश न.१ बाट मोरङकी इन्दिरा भट्टराई र प्रदेश न.२ बाट सप्तरीका मनोहरकुमार पोखरेललाई सम्मान गरेको छ । सम्मानित प्रतिनिधिद्धयलाई उच्च अदालत विराटनगरमा न्यायाधीश थिरबहादुर कार्की, इन्सेक महासचिव रमेशचन्द्र पौडेल, प्रहरी अतिरिक्त महानिरिक्षक पशुपति उपाध्यायलगायतले नगद सात हजार, प्रशंसापत्र, दोसल्लासहित सम्मान गर्नुभयो । सम्मानित पोखरेल २०७० सालमा सर्वोत्कृष्ठ प्रतिनिधिका रुपमा सम्मानित हुनु भएको थियो ।


“अपेक्षा राजनीतिक स्थिरताको” मानव अधिकार बर्ष पुस्तक २०१८ एक समारोहका बीच विराटनगरमा सोमबार विमोचन तथा सार्वजनीकिरण गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय न्यायाधीश तथा कार्यक्रमका प्रमुख अतिथि थिरबहादुर कार्की र कार्यक्रमका अध्यक्ष इन्सेक महासचिव रमेशचन्द्र पौडेलले संयुक्त रुपमा सार्वजनीकिकरण गर्नु भयो ।
पुस्तकमा सन् २०१७ मा मुलुक भर मारिएकाको सङ्ख्या र पीडक पक्ष गरी दुई सय ५५ वटा घटनाको अभिलेख छ । जसमा राज्यपक्षबाट ११, गैरराज्य पक्षबाट दुई सय ४४ वटा मानवअधिकार उल्लङ्घनका घटना छन् । ०७३ पुसदेखि ०७४ पुसभित्रमा एक बर्षको अवधिमा प्रदेश एकमा ६९४ जना, दुईमा ८३६ जना, तीनमा ८१२ जना, चारमा ९०५ जना, पाँचमा १७५१ जना, ६ मा ५१६ जना र सातमा ५४५ जना गरी जम्मा ६०५९ जना पीडित भएका छन् ।
सो अवसरमा इन्सेकले प्रदेश नम्बर एक र दुईबाट मानवअधिकार अनुगमन र प्रलेख कार्य उत्कृष्ट ढङ्गले सम्पादन गर्ने एक÷एक जना जिल्ला प्रतिनिधिलाई नगद रु सात हजार सहित प्रशंसा पत्रले सम्मान गरेको छ ।
सो अबसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेलले बर्षपुस्तक मानवअधिकारको अबस्थाको स्रोत रहेको बताउनुभयो । त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले प्रजातन्त्र र मानवअधिकार एक सिक्काको दुई पाटा भएको भन्दै मानवअधिकारको सम्मान भए मात्र प्रजातन्त्र जिवन्त रहने बताउनुभयो ।
त्यसैगरी प्रदेश सभा सदस्य यसोदा अधिकारीले मानवअधिकारको संरक्षण र सम्वर्धनका लागि आफुले प्रदेशसभा बैठकमा कुरा राख्ने र प्रदेश कानुनमा समेत बढी भन्दा बढी समाबेश गराउन पहल गर्ने बताउनुभयो । त्यसैगरी अतिरिक्त प्रहरी महानिरीक्षक (१ न.प्रदेश प्रहरी कार्यालय ) प्रमुख पशुपति उपाध्याय मानवअधिकारको रक्षाका लागि नेपाल प्रहरी संबेदनशिल रहेको बताउनुभयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत विराटनगरका न्यायधिस थिरप्रसाद कार्कीले मानवअधिकार उलङघनका पीडित अझै पनि अदालत सम्म आउन नसकेको बताउनुभयो । उहाले कुखराको पोथीले चिलबाट आफ्ना चल्ला बचाए जस्तो अदालतले पनि मानवअधिकारको संरक्षण गर्दै राज्यबाट जनता बचाउने भुमिका निर्वाह गरिरहेको बताउनुभयो । मानवअधिकारको संरक्षण र संबर्धनमा अहोरात्र खटिएको भन्दै उहाले इन्सेकलाई धन्यवाद दिदै अझ निरन्तर रुपमा मानवअधिकारको क्षेत्रमा सक्रिय भएर लाग्न लाग्रह गर्नुभयो ।
इन्सेक महासचिव रमेशचन्द्र पौडेलले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै राजनितिक र नागरीक अधिकारको क्षेत्रमा लामो समय इन्सेकले काम गरेको बताउनुदै अबको वाटो भने आर्थिक सामाजिक र सास्कृतिक अधिकार स्थापीत गर्न तर्फ लाग्न आबश्यक भएको बताउनुभयो । धेरै अन्तरािष्ट्रय सन्धी सम्झैतामा हस्ताक्षर गरेपनिपुर्ण कार्यान्वयन गर्न नसकेको कारण राज्य अन्तराष्ट्रिय स्तरमा आलोचित भएकोले अब अधिकारकर्मीहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी मानव अधिकार बर्ष पुस्तक २०१८ विमोचन तथा सार्वजनीकिरण गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि न्यायधिस थिरबहादुर कार्की र कार्यक्रमका अध्यक्ष इन्सेक महासचिव रमेशचन्द्र पौडेलले संयुक्त रुपमा बर्ष पुस्तक २०१८ सार्वजनीकिरण गर्नु भयो ।
पुस्तकमा सन् २०१७ मा मुलुक भर मारिएकाको सङ्ख्या र पीडक पक्ष गरी २ सय ५५ वटा घटनाको अभिलेख छ । जसमा राज्यपक्षबाट ११,गैरराज्यपक्षबाट २ सय ४४ वटा मानवअधिकार उल्लङ्घनका घटना छन् । ०७३ पुसदेखि ०७४ पुसभित्रमा एक बर्षको अवधिमा प्रदेश १ मा ६९४ जना ,२ मा ८३६ जना ,३ मा ८१२ जना ,४ मा ९०५ जना ,५ मा १७५१ जना ,६ मा ५१६ जना र ७ मा ५४५ जना गरी जम्मा ६०५९ जना पीडित भएका छन् ।
इन्सेक महासचिव रमेशचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवर्ती, विराटनगर उच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मी, सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर थापा, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत सन्तोष आचार्य, प्रा.डा. मेदिनीप्रसाद सेढाई, बरिष्ट अधिवक्ताहरु चन्द्रमणी न्यौपाने, चुडामणी आचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत प्रलेख अधिकृत पुण्य अधिकारीले र सञ्चालन इन्सेक कार्यालय विराटनगरका संयोजक सोमराज थापाले गर्नुभएको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी