राजविराज । सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा शु–सेन्टरमा आगलागी हुदा करिब रु ६० लाख मुल्य बराबरको क्षति भएको छ ।
स्थानिय नौसाद खातुनले बिक्रिको लागि राखिएको जुता, चप्पल पसलमा आगलागी हुदा सो मुल्यबराबरको सरसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राती पसल बन्द गरेर गएको खातुन बिहान आउँदा आगो लागेको अवस्थामा देखेपछि छर छिमेकलाई बोलाएर आगो निभाएको पिडितलाई उद्र्दीद गर्दै प्रहरीले जनाएको छ । आगलागीको कारण भने हाल सम्म खुलेको छेन । नौसादले बिगत २५ बर्षदेखि राजविराजको हटियामा शु–सेन्टरको पसल सन्चालन गर्दैभएको बताइएको छ ।
आगोलाई नियन्त्रण गर्नको लागि सुनसरीको इनरुवा र लहानबाट आएको बरुण यन्त्रणले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक धुव्र कुमार श्रेष्ठले बताउनुभयो ।