• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित

img

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् ।

संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् ।

उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।

दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रकि्रयामा उपस्थित भएका थिए ।

उपाध्यक्षका लागि वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी शशिकला दाहाल र काँग्रेसकी वृन्दादेवी आलेको उम्मेद्वारी परेपछि  निर्वाचन हुने  भए,

यसअघि राष्ट्रियसभा अध्यक्षमा वाम गठबन्धनको तर्फबाट एमालेका गणेशप्रसाद तिमल्सिना निर्वाचित भइसकेका छन् ।

img

Share: