सप्तरी। सप्तरीको राजविराज नगरपालिकाको कल्टुदास पोखरीमा डुवेर वेपत्ता भएका एक व्यक्तिको शव मङ्गलवार फेला परेको छ । डुवेर वेपत्ता भएका वडा नम्वर ४ बस्ने ५१ वर्षीय मोहम्मद साह आलमको शव पोखरीमा तैरिएको अवस्थामा फेला परेको हो ।
पोखरीमा शव तैरिएको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।
शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिएका छन् । सोमवार दिउँसो पोखरीमा डुवेको आलमलाई सुरक्षाकर्मीले ५ घण्टासम्म खोजी गर्दा समेत भेटिएको थिएन ।