एजेन्सी। ‘कालो हरिणको शिकार’ मुद्दामा बलिउड सुपरस्टार सलमान खान दोषी ठहर भएका छन् । उनलाई २ वर्षको जेल सजाय तोकिने सम्भावना छ । बिहीबार जोधपुर अदालतले सलमानलाई दोषी ठहर गरेको हो । केही बेरमा सजाय तोकिनेछ ।
सहआरोपी सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमलाई भने सन्देहको लाभमा बरी गरिएको छ ।
२० वर्ष पुरानो मुद्दाको आज फैसला आएको हो । घटना १९९८ सेप्टेम्बरको हो । सलमानमाथि जंगली जनावरको शिकारसँगै हातहतियारसम्बन्धी मुद्दा चलिरहेको थियो ।
यो मुद्दामा सलमानले शिकार गरेको ग्रामीण स्थानीयले देखेका थिए । उनले संरक्षित जनावरको शिकार गरेको प्रत्यक्षदर्शीको बयानलाई सबैभन्दा बलियो प्रमाण मानिएको छ ।