• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बसको ठक्करबाट दुई जनाको मृत्यु

img

राजविराज । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सुरुङगा नगरपालिका–४ कदमाह सडक खण्डमा बसको ठक्क्रबाट आज दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना।५ख ६०२ नम्बरको बसको टायर पञ्चर भई अनियन्त्रित भई बिपरित दिसाबाट आउदै गरेको स.७ प ७१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सप्तरीको कन्चनरुप नगरपालिका–८ बस्ने ४० बर्षीय शम्भु सोर्नाकार र सोही मोटरसाइकल पछाडी सवार लाहान नगरपालिका १ बस्ने ३४ बर्षीय संदिप साहको मृत्यु भएको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

ठक्करबाट गम्भीर घाइते भएका सोर्नाकार र साहको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको लागि भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक सिँहले बताउनुभयो ।

यता ठक्र दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी