धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको चरम भ्रष्टाचारका विरुद्ध डेपुटी रजिष्ट्रारले विद्रोह गरेका छन् । प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले प्रतिष्ठानमा भईरहेको चरम भ्रष्टाचारमा उपकूलपतिले आफुलाई समेत मुछ्न खोजेपछि प्रतिष्ठानको खरिद तथा मुल्याङकन समिति र उपकूलपतिको सचिवालय प्रमुखबाट समेत राजिनामा दिएका हुन् ।
प्रतिष्ठानका उपकूलपति डा। राजकुमार रौनियार उपकूलपतिमा नियुक्ति भएसँगै उपकरण खरिद र भवन निर्माणमा रजिष्ट्रार तूलबहादुर श्रेष्ठलाई समेत अधिकार विहिन बनाएर लूटतन्त्र मच्चाएका थिए ।
उनले रजिष्ट्रारलाई बाईपास गर्न डेपुटी रजिष्ट्रारलाई हातमा लिएर भ्रष्टाचार गर्ने बाटो अपनाए पनि डेपुटी रजिष्ट्रारले उपकूलपतिको भ्रष्टाचारमा आफु संलग्न हुन नसक्ने भन्दै राजिनामा बुझाएका हुन् । डेपुटी रजिष्ट्रारले मुल्याङकन समिति र सचिवालय प्रमुखबाट राजिनामा दिएपछि प्रतिष्ठानमा कार्यरत अन्य कर्मचारीले समेत उपकूलपतिका विरूद्ध राजिनामा नै दिएर आन्दोलन गर्ने तरखरमा लागेका छन् ।
प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले राजिनामा दिएको पुष्टि गरे । ‘उहाँले मुल्याङकन समितिको संयोजक र सचिवालयको प्रमुख बाट राजिनामा दिनुभएको छ ।’ रजिष्ट्रारले भने ।
प्रतिष्ठान स्रोतका अनुसार उपकुलपति डा। रौनियारले डेपुटी रजिष्ट्रार मार्फत एमआरआई उपकरण खरिदलाई बैधानिकता दिन खोजिरहेका थिए । राजिनामा दिएको विषयमा डेपुटी रजिष्ट्रारसँग जानकारी लिनका लागि फोन सम्पर्क गर्दा उनको मोवाईलमा सम्पर्क हुन सकेन ।
पछिल्लो समय प्रतिष्ठानमा उपकूलपति डा। रौनियारले पदिय दुरूपयोग गर्दै अंकोलोजी, कार्डियोलोजी भवन निर्माणको परामर्शदाता छनौटमा भ्रष्टाचार गरेका थिए ।
उपकूलपतिले डेपुटी रजिष्ट्रार तथा मुल्यांकन समिति प्रमुखलार्इ दवाव दिएरै केज कन्सल्टेन्सिका मालिक बिष्णुपन्थीसँग कमिसन वार्गेनिङ्ग गराई अनुचित तवरले मुल्यांकन गर्न लगाई लागतको ३।६ प्रतिशतमा परामर्शदाता नियुक्त गरेका थिए ।
सँगैको २।८ अरबको मातृ शिशु भवनको परामर्शदाता शुल्क लागतको १।४ प्रतिशत लिएको केज कन्सल्टेन्सिले यस काम वापत डा। रौनियार र निजको सचिवालयलाई सम्झौता गरेकै दिन ३।५ करोड कमिसन दिनु पर्ने शर्त थियो ।
यसै अनुरुप ड्रर्इङ्ग डिजाइनमै आधा भन्दा बढि रकम दिने गरि सम्झौता गरियो र, हतार हतार १५ दिनमा ड्रर्इङ्ग डिजाइन गर्न लगाई ७ करोड भुक्तानी दिर्इयो । तत पश्चात भवन निर्माणको निमित्त ठेक्का खोलेर कमिसनको कुरा नमिलेपछि ठेक्का खोल्ने २ घण्टा अगाडी रद्द गरियो । यो काण्डले पुर्वाञ्चलवासीको धरानमै क्यान्सर र मुटु रोग उपचार गर्ने सपना चकनाचुर भएको थियो ।
यसमा चलाखीपुर्वक डा। रौनियारले ३।५ करोड असुल्ने मौका पाएका थिए । तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहराले कारवाही गर्न लाग्दा आरजु देउवालाई उमेश श्रेष्ठ मार्फत रौनियारले १ करोड दिएर आफ्नो पद जोगाएका थिए ।