काठमाडौं । सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
बुधबार यातायात व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
सोअघि विभिन्न खालका दबाबमूलक आन्दोलनका कार्यक्रम तय गरिएको छ ।