• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय प्रदेश समाचार समाचार

मोदी जनकपुर आइपुगे, विमानस्थलमा रक्षामन्त्री, प्रदेश २ का मुख्यमन्त्री स्वागत गरे

img

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका हुन् ।

भारतीय वायु सेनाको हेलिकोप्टरबाट जनकपुर विमानस्थलमा उत्रिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरेका थिए ।

मोदीले अहिले केहीबेरमा जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा मिलाइएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

img

Share: